सोमवार, 17 मई 2010

गौतम बुद्ध र अद्यात्म निर्वाण!

गौतम बुद्ध र अद्यात्म निर्वाण!

[बुद्ध जयन्ती पूर्णिमा नजिक आउँदैछ! विश्वलाई अद्यात्म शिक्षा र निर्वाणको रहस्य दिने, योग र ध्यानका प्रतिपादक संरक्षक र प्रबर्धक भगवान बुद्धका सिद्धान्तलाई अझ संसारमा प्रचार र प्रसार गरौँ! उहाँका दिब्य महान बाणीहरुलाई आपसमा, अंमेरिकी, विदेशी साथी-भाइहरुसंग चर्चा गरौँ! आतंक र आशंका, धमकी र अविश्वासले त्रसित संसारका लागि एउटा नैतिक राजमार्ग बनोस्! बुद्धलाई मूर्ति र मन्दिर भित्र मात्रै सिमीत नराखौँ-उहाँ त सबैको सचेतन मन मन्दिर रुचाउनु हुन्छ! दरवारको विलासी पन भन्दा गरीबको पवित्र दिल कोठरीमा रम्नु हुन्छ, उदार हृदयको स्वच्छतामा जम्नु हुन्छ| बुद्ध त हामी सबैको साझा संपत्ती हो, विद्या हो, आत्म स्वरुपको ज्ञान, ईश्वरीय अनुग्रह हो! बुद्धलाई तिब्बत र बोध-गयामा मात्र सीमित नगरौँ-कपिलवस्तु, लुम्बिनी र Disney-का आँखाले मात्र नहेरौँ! सिद्ध, लामा र भिक्षुको मात्रै अधिकार नठानौँ! बुद्ध जातीय संघठन होईन यो मानवतावादको उकृष्ट आदर्श हो! भगवान बुद्धका आशिर्वादले सबै अंगुलीमाललाई सद्-बुद्धि दिउन् र चिर-स्थाई हिंसा रहित नेपाललाई पुन: अग्रगमनका लागि मार्ग दर्शन गरुन्! सहमतीय प्रणालीले ऐक्यबद्धता पाओस्, जीवनमा चाँडै नै परिपक्क निर्णय गरिउन्! नयाँ नेपालमा लेखिने संविधानमा हिंसाको, विभाजन, विखण्डन र द्वेशको कुनै क्लेश नपरोस्!भलै बुद्धको अहिंसा मानवतावादी प्रचार र साधनामा दरबारको सुख नमिल्ला,राजनैतीक प्रतिष्ठा नहोला तर अद्यात्म बैभव र चिर-स्थाई सुख अवश्य मिल्नेछ!]



सिद्धार्थ हौ गौतम् बुद्ध,संसारको ज्ञानी
बैराग्यले दर्वार् छाड्यौ,संझी बुझी जानी|
अध्यात्मका गुरु,शिक्षक्-अहिँसाका दाता
स्वयंभू हौ सिद्धी पूर्ण-जागृत् नैतिक् नाता!

जन्म्यौ आँफै कल्पनाले,रक्षा गर्यौ साधु
संयम र निर्वाणका, प्रबुद्धका जादु!
संसारको चक्र-शुरु परिक्रमा, अन्त
छैन तिम्रो जन्म-मृत्‍यु,नियमले सन्त!

आकाश र हावा भित्र ब्योम व्याप्त ब्रह्म
चैतन्यता नाश छैन ओगटेर टम्म!
न्यानो सत्य सुन्दरको पाइ साथ गम्म
बुद्धत्वको अनुभव,गरौँ माथी सम्म!

कर्म के हो?फल के हो?जीवन् प्रवचन
मीठा तिम्रा बोली ज्ञान बाणी र बचन!
अनुयायी कति कति-मौखिक् परंपरा
लुम्बिनीमा जन्म तिम्रो,धन्य धन्य धरा!

भगवान् हे!बिष्णु लियौ नवौँ अवतार
वैरागले काटी जरा,मार्ग भव-द्वार
सिद्ध पैग़ंबर खोल्यौ,पायौ भोग्यौ दु:ख
चर्चा,शिक्षा,अभ्यासमा जीवनको सुख!



अवतरण् लिइ आयौ,प्रयोजन शिष्ट
पाप-अविश्वाश् हटे उत्साह विशिष्ट!
धर्म समाज् लौकिकता पुन:रक्षा गर्न
प्रेम-गर्छौ नियम-न छ दीन बिहिन!

माग्दैनौ क्यै लिने हैनौ दिने दिने मात्र
तप योग साधनामा मन दिने, पात्र !
द्वेश,ईर्ष्या आडंबर नराखेमा पुग्छ
बयान र बाणी सुन्दा हाम्रो शीर झुक्छ!

दण्ड दियौ दुष्टलाई मौन भाव सून्य
स्तूप गुम्बा जताततै घुमे तीर्थ पूण्य|
शाक्य राजा सुद्धोदन्का रानी महामाया
जित्यौ जीव-ईश्वरको ओहो मोह-माया!



राजकुमार्को विलास् जीवन,छाड्यौ दु:खमानी
यसोधरा राहुल् बने शिष्य ठूला ज्ञानी!
दुख जरा-रोग वृद्ध जीवन हो जान,
कपिल्वस्तु नगरी हो,संसारकै शान !

हत्या,बली-कुरितीको मार्ग सफा फाँड्यौ
भिक्षु संत न्याय प्रेम समाजमा बाँड्यौ!
भोको प्यासा पथिक झैँ राजर्सी ब्रह्मर्षी
त्यागी,जोगी,लामा,मुनि,संन्यासी तपस्वी!



अहिंसाको पक्ष सधैँ अस्तित्वको खोज
दिव्य जन्म पवित्र छन् सूक्ष्म ईश-ओज!
रुढिबादी परंपरा बिरोधको माग
घमण्ड र रिस-राग,भस्म गरी खाग!

तप,ध्यान समाधिको,मध्यमार्ग-आधा
वैराग्य र ज्ञान,त्याग,लियौ बाटो साधा!
पिपलको बोट मुनी,मुनि आत्म-खोजी
बोध-गया मुक्ति मिल्यो आदर्श जो रोजी!

कसम् खायौ सत्यताको पायौ खोजी सार
आलोकले आत्मज्ञान,हट्यो जीवन्-भार!
घ्रिँणा,भ्रम,लोभलाई जिती समाजमा
धर्म,संघ खोली आज पुग्यौ संसारमा!

भिन्न जाती सिद्धांतका अनुशासन् भेष
गंगा बिहार् नेपालमा उत्तर्को प्रदेश|
बोली पाली आर्य जस्तै लीला तिम्रो शेष
बुद्ध धर्म संघ-चर्चा - प्रवाह प्रवेश!



अङ्गुलिमाल् अलाभक् धर्मान्तरित् भए
लूटेरा र चोरै पनि शिष्य बन्दै गए!
खुल्ला ढोका जात छैन चेत-संरचना!
पूजा प्रेम नियमको सजीब अर्चना!



भिक्षा दान सन्तुष्टीमा संयमको गर्व
जे जे मिल्छ त्यही खाए बुद्धत्वको मार्ग
निर्मल र प्रभावको दिव्य-स्पष्ट-ज्योत
प्रकाशका शुभ अंङ्ग अलौकिक श्रोत |

उत्कृष्टका आठै पद,चार आर्य सत्य
दुख हुन्छ हुन्छ तर जान त्यस्को तत्थ्य!
सोच बुझ बोल गर राम्रो आजीविका
दण्ड प्रयास् राम्रो मन शान्त एकाग्रता!



शरीरको मरण छ-आत्मा बुझी चाख
अनित्य यो जीवनमा नैतिकता राख|
परमात्मा तिमी बीच कोही देव छैन
मध्यस्थमा स्वर्ग-बीच हुने केही हैन!


विश्व सारा तिम्रा लागि,एउटै समान
तन्त्र मन्त्र जन्त्र यन्त्र बुद्ध भगवान!
आत्मरुप शिव तिमी विश्वरुप श्याम
कृष्ण क्राईष्ट अल्ला स्वामी,सबैका आराम!

भारत ब्याङ्कक् चाइना पुग्यौ एसियाका तारा
श्रीलँका र बर्मा भरी तिम्रै गुण सारा!
धनी थियौ दर्बारका गरीबको प्यारा
शान्ति सुख संवृद्धिको,प्रतीक् चिन्ह नारा!

आस्तिक् नास्तिक् सबैमा छौ शुद्ध तिम्रो भाव
आकाश झैँ ठूला छाती छैन क्यै अभाव!
योगा संयम् ध्यान आशन्,योगी प्राणायाम
ईश्वरीय अंश वंश तिमी चारैधाम!

मान्छे जूनी लिए पछी बाँची मर्नु पर्छ
देवताको कर्म सके फेरि झर्नु पर्छ!
बुद्ध भन्नु बन्नु यौटै ईश्वरको साथ
सचेतन निर्वाण यो बोधी आत्मसात !!

Ananta Risal - 15 May 2010, 7:53am

गुरुवार, 6 मई 2010

अपूर्ण-विकल्पहरु

अपूर्ण-विकल्पहरु (Imperfect Choices...)


माओ-काँग्रेश-एमाले,जन-अधिकार
तराई,लोक-तान्त्रिक,हिन्दू-परिवार!

सद्भावना,मधेशी,मूस्कानको सेना
युवा मोर्चा,मिलन केन्द्र,खै त्यो शिव-सेना?

जनमोर्चा,राष्ट्रिय-प्रजातन्त्र-विकाश
जाग्रिती र मजदूर,जन-कल्याणको आश!

तम्सलिन,चुरे-भावर,जनतादल
हरियाली,जनमूर्ती,एक लिब्रल !


मँगोल र सुकुम्बासी,जन-ससक्ती
शान्ति-क्षेत्र-परिषद,नव-जनजाती !

दलित,जनजाती,शान्ति एकता
समाज्वादी,साम्यवादी,छैन समता!

विकल्प के त?

भने जस्तो,सोचे जस्तो पार्टी भेटियो?
कति झोला बोक्नु भो?तीर्खा मेटीयो?

माथि नपुगुन्जेल,हाम्रो सरोकार,
कुर्सी र शक्तिमा-आफ्नै सरकार?

रगत् सबै चुसी सके,हाड-छाला छ!
बारी सबै रित्तिसके,फुल-माला छ?

नेताको तानातानमा नपरौँ है?
गरौँ हामी सँपर्क जनता कै!

गरीबको सेवा गरौँ,शिक्षा जगावौँ
हिमालको पानीलाई,घरमा पुर्यावौँ!

स्वास्थ-सेवा कति गर्यो?बाटो बन्यो त?
सफापानी घर पुग्यो? बत्ती बल्यो त?



जनतालाई लूट्न,पिट्न,डाँट्न छोडिदेउ
साना-साना विरुवाका,जरा गोडिदेउ!

गरीवको-दु:खहरु,अपठको-स्वर,
बुझ्न्नुपर्छ भावनाले,निर्धनको घर!



पानी-हाल हिमालको,मूल खूल्ने छ!
झिलिमिली,जन-ज्योती त्यहिँ फूल्ने छ!

'हात्ती आयो,हात्ती आयो,फुस्सा'भयौँ की?
साग,मकै,चामल-छाडी,भुस्सा खायौँ कि?


हात्ती ठूलो,अन्धा हामी-ठीक छामेनौँ ?
आँउदैछ रे!अर्को तन्त्र?हाम्ले जानेनौँ?

जति जति मार्जन हुन्छ,हाम्रो जनतन्त्र!
स्वचालित-हुन्छ-आफैँ,हुन्छ बन्छ यन्त्र!

जनताले नियन्त्रण,गर्छन् आफ्नै-लागि,
पद्धती र प्रणालीको फल-भोग-भागी!

जस्तो सुकै गरीव्-धनी,देश स्व-तन्त्र!
मानवताको विचार् गर,शान्तिको मन्त्र!

बन्द-गरौँ-बन्द-प्रथा,बन्द-दुष्टता!
सदाचार,नैतिकता,शील-स्वस्थता!

घरकी प्यारी,प्रियसीलाई कठै!सौता हाल्यौ!
छोरी सानी बेच्ने सूर?मूङ्गलान तिर भाग्यौ?
बूढी आमासँग के छ?अँश-बण्डा माग्यौ?
जीवन्बाट हराएका,खै त-कैले जाग्यौ?

बन्द गर बन्द प्रथा,बन्द अ-राज
जनतन्त्र संगीतमा गर रियाज!
सम्मानले वरिपरि सज समाज
गोडिवरी स्वतन्त्रता लग अनाज|



विश्वलाई हेर्न सक्ने,हाम्रै आँखा छन्
हिमाल र तराइमा,आफ्नै भाका छन्!
हजारौँ योजनामा,अब जुट्नु छ !
तराई-पहाड-हिमाल,हाम्ले-आफैँ जोड्नु छ!

आउँछु भन्थ्यौ, गैसकेछौ देखिँन नी किन?
जान्छु भन्थ्यौ, देख्छु यहिँ, आर्कै भइछौ किन?
छाती-चिरी गयौ ठाँने, क्यै भएन किन?
दुई-चार थोपा आँसु झारेँ, बिर्सिसकेँ किन?

रातै थिए हात-निधार,गाला चाउरे किन?
एक्लो पार्‍यौ स्वतन्त्रता,खै त-लाउरे किन?
कपाल् पनि बढेछन् छ्या! झुस-दारी किन?
'खुशी छु म'-भन्थ्यौ छाडी,पारी गयौ किन?

नियम र कानूनको पालना होस्
अनुशाशन,सुरक्षाको थालना होस्!



संविधान बन्नुपर्छ,सबैले कराउँ!
ढंग-अनुशासनको,व्यवस्था गराँउ!
ईतिहाश लेखौँ,अब मिलौँ साथमा!
नेपालको मान राखौँ,विश्व माझमा!

आवश्यकता के छ,भन?त्यहि गर्नु छ!
बिकाश र निकाशमा,जन-हित छ!
कस्को-झण्डा बोक्ने हो?कैले छ चूनाव?
गरीविको देशमा,खर्चिलो प्रस्ताव!

आमा हाम्री एउटै-छिन्,सेवागर्न लागौँ !
मिलिमिली देशलाई-झिलिमिली पारौँ!
मानवीय-मूल्य भन्दा ठुलो छ,केही?
स्वार्थी बन्न छोडी दिउँ,हुने छ केही!


पार्टी-झोला बोक्नु भन्दा,समाज्-सेवा बरु,
नेपालको झण्डा बोकौँ,भाग्यमानीहरु!

- अनन्तगोपाल रिसाल (1st March,2010)

बुधवार, 30 जनवरी 2008

Divinity and Sacredness of Cows

ॐ श्री गणेशाय नम: नमो गोभ्य: अथ गोविमर्शनम्

ॐ = Ohm, the ultimate reality - the creator, protector and the destructor !
श्री गणेशाय नम: = Salutations to the Lord Ganesh, the initiator
नमो गोभ्य: = Salutations to the Mother Cow - a representative of the mother earth
अथ गोविमर्शनम् = Salutations to the Knowledgebases, thoughts and all the righteous discussion on holy/sacred cows

ब्रह्मर्षिवन्दिताम् = Enlightened Saints and Hermits have praised you
ब्राह्मी = the ultimate and best breed of cows in the world, the one who keeps the Hindu civilization alive
राजर्षि = great kings such as 'Dilip, Janak, Krishna' have
परिसेविताम् !=served you selflessly,endlessly
देवाश्रयकृतां =even all the deieties and angels have made you as their shelter,
दिव्यां = a full of divine energy, shiny quality
वेदानुमोदितां = sanatana-veda also have asserted you as divine
नुम:= please accept my salutations as well


पवित्रपांशुलां=the one who is pure,
पूतां = and even the dust from her feet can make other entity pure
परित:पुण्यदर्शनाम् = from every aspect, she is a divine and righteous shrine. even her presence and sight gives us pure mind and abiding union
इहामुत्र = she is the wealth of this universe and the one beyond
श्रियं वन्दे = righteouness with virtue and adorable presence
मातरं जगतामहम् = she is the mother of the universe/planet
!! २!!

अपवाद: समानोऽत्र = it is also exceptionally erroneous
पिवन्त्येव पशो:पय: != to assume that she is precious just because that she gives us milk
गवां तु तत्र वैशिष्ट्यं = but she has such an exceptional qualities
येनासां मातृता मता = that it would make her as our mother
!!३!!

ओंकारमय हुंकारं = she teaches us the real pronounciation of 'Ohm', 'Hum'-alphabets
व्याहरन्ती सुमंगला != divine sound-vibration prooves us that she is loving and knowledge abiding, intellectually symbolic
गोमाता व्यक्तमाख्याता = we have already asserted that she is the mother of all
उमा अम्बा च रम्भणात् = Uma, Amba, Rambha are her other few creative sound-vibration that gives us path of wisdom
!!४!!

धर्मधात्री धरारुपा = she is the mother of all sanatana-dharma, she resembles every aspect of mother earth,
यज्ञयोग्यार्थदायिनी = she provides all the ingredients for 'Yangya', and retains the righteousness within 'Brahmic-culture'
गोमाता व्यक्तमाख्याता= again, we have already asserted that she is the mother of all
वत्सला च पयस्विनी = the one who provides milk to their children and because of her tenderness also
!!५!!

बालाय चापि बृध्दाय = she makes children and old citizen
रोगिणे योगिने हिता= diseased and mystical one keeps healthy, cures
गोमाता व्यक्तमाख्याता= again, we have already asserted that she is the mother of all
दुर्बलपक्षपोषणात् = she helps keep all the organs healthy and provides nutritions to the weak ones
!!६!!

व्दित्रा तु शावका: सन्ति =animals like goat have 2-3 children
स्तनौ व्दावेव केवलम् ! = and have only two breasts to feed them
नैव न्याय्यमजादुग्धं = it is not logical and lawful to have milk from them
भावहिंसा न मातृता = it brings thought-violations and so it doesn't have mother quality that the cow has
!!७!!

महिषी भावशून्या हि = Buffalos have almost negligible motherhood towards human kind
गावोन्या (तथान्या) न्यूनलक्षणा != other various types of cows such as 'Neel, Jersey, Yaks' also have comparatively less motherly qualities
सास्नावती स्वत: पूर्णा = as the 'brahmi cows' with 'sashnaavati', the long neck with are pure breads
पन्चगव्य विधायिनी = The 5 nectars, http://govigyan.com/panchagavya.htm(Milk,Curd,Butter,Dung,Urine) are considered very holy,natural purifier in vedic-culture and are only taken from 'brahmi cows'. they are useful in arurvedic medicine
!!८!!

भुक्तं पीतं च यत्किन्चित् = whatever cow eats and drinks -
पवित्रमुपजायते ! = the elements becomes purer
शापवशान्मुखं दुष्टं =even though she has been cursed on her mouth by Lord Shiva
नैष दोषो बसुन्धरान् = the cows on earth even being excused from such
!!९!!

वन्धनं ग्रन्थवच्चास्या= the way how holy books are wrapped in a cloth
हितायैवोपयुज्यते != for their own safety, we need to tie them with a rope
विक्रयं ह्युपलब्ध्यर्थ = selling of a cow is perhibited, but for the people who are willing to serve them are allowed to buy - if their primary intention is to serve and retain as a pet
देवसेवा प्रसादवत् = they represent/symbolize the collective deity in order to serve them
!!१०!!

समं पयस्तु पुत्रेण= treat their milk like your children
विक्रेतव्यं न कर्हिचित् != never sell the milk if possible
कन्यापण्यं गवां पण्यं = to sell cow is like selling your own daughter
प्रथाप्यस्ति पुरातनी(सुवातनी)= this has equally truthbased, traditional, time-immemorable, saying and not only a folklore
!!११!!

यत्र गौस्तत्र गङ्गापि =where there is a cow, there is the holy 'Ganges'
यत्र गौस्तत्र वै रमा != where there is a cow, the goddess of wealth also resides within
गोमूत्रे संस्थिता गङ्गा= the reason for this is in the cow urine- Ganga resides and
गोमये कमलालया = and in cow dung Kamala-Laxmi, godess of wealth resides
!!१२!!

ब्रह्माद्या देवताश्चास्या: = many deities such as Brahmaa,
प्रतिष्ठाने(प्रत्यङ्गेषु) प्रतिष्ठिता: != do reside on each part(organs) of the cow
पूजिता यत्र गाव: स्यु: = the place where she gets worshiped
देवतास्तत्र पूजिता: = obviously all the deities are also praised and respected
!!१३!!

यत्र गाव: प्रसन्ना: स्यु: =where the cows are happy and treated well
प्रसन्नास्तत्र सम्पद: != there all the wealth/goddess become happy
यत्र गावो: विषण्णा:= where cows are suffered, tortured and sacrificed
स्युर्विषण्णास्तत्र सम्पद: = that is where the family, community, nature, nation are tortured, suffered with many diseases
!!१४!!

ओजस्तेजश्च(तेजो हि)=Cows are the wealth,shiny path of a great nation
राष्ट्रस्य भावना च पवित्रता !=cow represents inner-compassion and divine purity
गोश्चापि भारतं वर्षं = cow is the mobile India
देशभक्तैर्विचार्यताम् = let patriotic citizen of a nation think,discuss on this
!!१५!!

श्रध्दया पूज्यतामद्य=cows are symbols of respect, peace and so do pray them during their day of Gopastami
श्रद्धा पूजास्वरुपिणि != they are the compassion,service and worshiping living idols
गोपालानुचरन्तीयं =Lord Krishna himself serviced cows as a slave,
भवतामस्तु कामधुक् =let cow mother become an inspiration to everyone on earth and she fulfills everyone's worldly and well as divine desires
!!१६!!

मंगलवार, 20 नवंबर 2007

हिमाल - महिमा

हिमाल - महिमा

प्रयाग हुन् हिमाल ती पवित्र भावनापुर,
अखण्ड ज्ञानका धरा, विशिष्‍ठ प्राण-मन्‍दिर !
पहाड प्रेम-कन्‍दरा, निवास-ईश तीर्थ रे !
नछोड भाग्‍यबान हो, असार धापमा छ के? !!१!!

कमाउ होस जोसमा,विशुध्‍द प्रेम देशको
न दौड, रोक मोडमा, छ जीन्‍दगी निमेषको !
स्‍वतन्‍त्र, मन्‍त्र, योगको - छ व्‍दार ज्ञानका गुफा
छ, छैन के? समाधिमा - छ श्‍वेत ध्‍यान-श्रृंखला !!२!!

निश्‍वार्थ मानवी जुनी, हिमाल देश-ईशको
निवाश छैन है कतै, छ वाश एक दीनको !
बहन्‍छ हीमका नदी, लिएर मार्ग गर्जने
पवित्र-मित्र छन्‌ जहाँ, अखण्‍ड ज्ञान बर्सने !! ३ !!

विभिन्‍न जात-धर्मका, असंख्‍य देव छन्‌ त्‍यहाँ
विचित्र भावना मिठा, अतूल्‍य साधना नयाँ !
डुलेर, हेर सभ्‍यता, हिमालका वरीपरी
मिलेर गर्छ कर्म जो, छ बुध्‍द-शैवका धुरी !!४!!

नहेप 'छैन क्‍यै' भनी, अथाह पुष्‍प-मन्‍दिर
अध्‍यात्‍म-शान्‍तिको धनी, कला छ पूर्ण-संगीत !
कतै छ ज्ञान-पोखरी, डुबेर हेर -दर्शन
हजारमा गन्‍यौ भने, हजार नम्र-सज्‍जन !!५!!

दशैं-तिहार-तीजले छ भींड , उत्‍सवै कति?
गनेर चाड-पर्व ती - सकिन्‍न भन्‍न है जति !
इसाइ, बौध्‍द, ईदमा मिलेर हिन्‍द-आलय
समाजमा-समानता, छ-हेर्छ ती हिमालय !!६ !!

बहन्‍छ वेगले नदी, विशाल पर्वतै छली
छ विश्‍वमा पुर्‍याउनु, अदृश्‍य-अमृतै छरी !
सगर्व वीज त्‍यो म हुँ, हिमालको म दर्पण
'छु मुक्‍त' जन्‍म-जन्‍ममा - हिमालमै समर्पण !!७!!

निकास मिल्‍छ जे भनौँ, मिलेर प्रेय-भाषण
उपाय न्‍याय-स्‍थापना, इमान श्रेय शासन !
प्रमाण-पूर्ण पध्‍दती, विरोध साम्‍य-शोषण
कुतर्कमा नलाग है, निसर्त ज्ञान, पोषण !!८!!

अखण्‍ड होस्‌ दया-कला गरेर माफ जानु छ
बिहान भो ! मिलापमा, समाज साथ लानु छ!
मिठास शव्‍द-शीलता न धर्म-शास्‍त्रमा कमी?
विधान, योजना गरौँ, हिमाल-देशको-छवि !!९!!

- अनन्‍तगोपाल रिसाल (1st Oct, 2007)

हे अनन्त

हे अनन्त - Oh ! Eternal,
नित्य मुक्त - the unaltered, always liberated one,
हे स्वरूप सुन्दर, - the one with a perfectly beautiful self
प्रियबर पराबर - everloving, compassionate and deeply hidden, infinitesimally deep
परम, पुरुष, - the ultimate real, Supreme Being or Soul of the universe, spectator of the Prakriiti or creative force
अप्रमेय - able to be proved and accessible, immeasurable, unlimited, unfathomable, not to be proved
हेतुहेतुहेतु हे ! - the reason of the root, the root cause of everything
हे अनन्य अधिपते, - the ultimate master of everyone
नमन हे नमन हे ! - satulations to you from every angle

---------------------
nilaya he, bimal he - he agamya pashupate, nigama he niyama he
sharana te , bhajan he