मंगलवार, 20 नवंबर 2007

हिमाल - महिमा

हिमाल - महिमा

प्रयाग हुन् हिमाल ती पवित्र भावनापुर,
अखण्ड ज्ञानका धरा, विशिष्‍ठ प्राण-मन्‍दिर !
पहाड प्रेम-कन्‍दरा, निवास-ईश तीर्थ रे !
नछोड भाग्‍यबान हो, असार धापमा छ के? !!१!!

कमाउ होस जोसमा,विशुध्‍द प्रेम देशको
न दौड, रोक मोडमा, छ जीन्‍दगी निमेषको !
स्‍वतन्‍त्र, मन्‍त्र, योगको - छ व्‍दार ज्ञानका गुफा
छ, छैन के? समाधिमा - छ श्‍वेत ध्‍यान-श्रृंखला !!२!!

निश्‍वार्थ मानवी जुनी, हिमाल देश-ईशको
निवाश छैन है कतै, छ वाश एक दीनको !
बहन्‍छ हीमका नदी, लिएर मार्ग गर्जने
पवित्र-मित्र छन्‌ जहाँ, अखण्‍ड ज्ञान बर्सने !! ३ !!

विभिन्‍न जात-धर्मका, असंख्‍य देव छन्‌ त्‍यहाँ
विचित्र भावना मिठा, अतूल्‍य साधना नयाँ !
डुलेर, हेर सभ्‍यता, हिमालका वरीपरी
मिलेर गर्छ कर्म जो, छ बुध्‍द-शैवका धुरी !!४!!

नहेप 'छैन क्‍यै' भनी, अथाह पुष्‍प-मन्‍दिर
अध्‍यात्‍म-शान्‍तिको धनी, कला छ पूर्ण-संगीत !
कतै छ ज्ञान-पोखरी, डुबेर हेर -दर्शन
हजारमा गन्‍यौ भने, हजार नम्र-सज्‍जन !!५!!

दशैं-तिहार-तीजले छ भींड , उत्‍सवै कति?
गनेर चाड-पर्व ती - सकिन्‍न भन्‍न है जति !
इसाइ, बौध्‍द, ईदमा मिलेर हिन्‍द-आलय
समाजमा-समानता, छ-हेर्छ ती हिमालय !!६ !!

बहन्‍छ वेगले नदी, विशाल पर्वतै छली
छ विश्‍वमा पुर्‍याउनु, अदृश्‍य-अमृतै छरी !
सगर्व वीज त्‍यो म हुँ, हिमालको म दर्पण
'छु मुक्‍त' जन्‍म-जन्‍ममा - हिमालमै समर्पण !!७!!

निकास मिल्‍छ जे भनौँ, मिलेर प्रेय-भाषण
उपाय न्‍याय-स्‍थापना, इमान श्रेय शासन !
प्रमाण-पूर्ण पध्‍दती, विरोध साम्‍य-शोषण
कुतर्कमा नलाग है, निसर्त ज्ञान, पोषण !!८!!

अखण्‍ड होस्‌ दया-कला गरेर माफ जानु छ
बिहान भो ! मिलापमा, समाज साथ लानु छ!
मिठास शव्‍द-शीलता न धर्म-शास्‍त्रमा कमी?
विधान, योजना गरौँ, हिमाल-देशको-छवि !!९!!

- अनन्‍तगोपाल रिसाल (1st Oct, 2007)

हे अनन्त

हे अनन्त - Oh ! Eternal,
नित्य मुक्त - the unaltered, always liberated one,
हे स्वरूप सुन्दर, - the one with a perfectly beautiful self
प्रियबर पराबर - everloving, compassionate and deeply hidden, infinitesimally deep
परम, पुरुष, - the ultimate real, Supreme Being or Soul of the universe, spectator of the Prakriiti or creative force
अप्रमेय - able to be proved and accessible, immeasurable, unlimited, unfathomable, not to be proved
हेतुहेतुहेतु हे ! - the reason of the root, the root cause of everything
हे अनन्य अधिपते, - the ultimate master of everyone
नमन हे नमन हे ! - satulations to you from every angle

---------------------
nilaya he, bimal he - he agamya pashupate, nigama he niyama he
sharana te , bhajan he